बिजुलीको पोलमा करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण
2083-01-28
मिति २०८३/०१/२७ गते बिहान भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ०४ थिमि शंखधर स्थित बिजुलीको पोलमा करेन्ट सर्ट भई आगलागी हुँदा तारहरु जली सामान्य क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।