मिति २०८२/०८/१२ गते अपराह्न भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ महेश्वरी स्थित बाटोमा थुपारेर राखेको रुखका हाँगा, पातमा अचानक आगलागी हुँदा बिजुलीको तारहरु समेत जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरेको छ।