न्यून व्यान्डविथ Invert Color A- A A+

चावहिल गोपीकृष्णहल स्थित इन्टेरियर गोदाम तथा घरमा लागेको आगो नियन्त्रणमा 2081-07-26

मिति २०८१/०७/२५ गते दिउँसो काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिल गोपीकृष्णहल स्थित सुलभ रेग्मीको जग्गामा संजीव भण्डारीले संचालन गरेको इन्टेरियर, डेकोरेसन, जिप्सन, आल्मुनियम, प्लाइसम्बन्धी सामाग्री भएको गोदाममा अचानक आगलागि हुँदा गोदाममा भएका सामाग्रीहरु जली नष्ट हुनका साथै उक्त गोदाम घरको पछाडी पट्टि रहेको सुवर्ण भण्डारीको तीन तले पक्की घर तथा अन्य वरपरका ३ वटा घरसमेत जलेर सामान्य क्षति भएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर, काठमाडौं, ललितपुर, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल एवं नेपाल प्रहरीको सहयोगमा उक्त आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समय २:१०pm
फर्केको समय ०४:०५pm


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .