फर्निचरमा अचानक भएको आगलागी नियन्त्रण ।
2083-02-22
मिति २०८३/०२/२२ गते भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ०२ संगम चोक स्थित देबेन्द्र ढकालको जग्गामा बनेको २ कोठाको टहरामा प्रेम तामाङले संचालन गरेको फर्निचरमा अचानक आगलागी हुँदा सो फर्निचरमा रहेको काठहरु जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।