मिति २०८२/०९/१२ गते बिहान भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८ दार्जीलिङ हाइटस्थित टंक अधिकारीको गाईगोठमा अचानक आगलागी हुँदा आगोबाट जलेर एउटा गाईको मृत्यु भएको छ भने एउटा उद्धार गरिएको गाई सामान्य घाइते अवस्थामा रहेको छ। सो आगलागीबाट गोठमा भएको काठ, दाउरा र टहरा समेत जलेर क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलले आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।