गोकर्णेश्वर रिसोर्टभित्र रहेको टहरामा करेन्ट सर्ट भई आगलागी हुँदा सो टहरामा रहेको लत्ताकपडा, खाद्यान्न, पंक्षीजन्य लगायतका सामाग्रीहरु जलेर क्षती ।
2081-09-05
मिति २०८१/०९/०४ गते राती काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका स्थित गोकर्णेश्वर रिसोर्टभित्र रहेको एक टहरामा करेन्ट सर्ट भई आगलागी हुँदा सो टहरामा रहेको लत्ताकपडा, खाद्यान्न, पंक्षीजन्य लगायतका सामाग्रीहरु जलेर क्षती भएको छ भने बारुण यन्त्र भक्तपुर, काठमाडौं तथा नेपाली सेनाको दमकलले आगलागी नियन्त्रण गरेको छ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल निस्केको समय ०९:१८ pm