मिति २०८२/०८/१८ गते दिउँसो भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ३ रोज भिलेज स्थित प्रभात दांतरेले संचालन गरेको पावरग्रेट गेष्ट हाउसमा रहेको किचनमा ग्याँस लिक भै आगलागी हुँदा ग्याँस चुलो, किचेन र्याक लगायतका सामानहरु जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।