मिति २०८३/०१/२३ गते काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १३ साँगा नयाँ वस्ती स्थित सपना श्रेष्ठको घर भाँडामा बस्ने रामकुमारी थापाको कोठामा ग्याँस लिक भई आगलागी हुँदा त्यँहा भएका खाट-२ थान, दराज-१ थान, ग्याँस सिलिण्डर -२ थान, ग्याँसचुलो-१ थान, लगायतका भाँडाहरु जली नष्ट भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।