न्यून व्यान्डविथ Invert Color A- A A+

GUANGZHOU CIVIL AVIATION COLLEGE चीनका प्रतिनिधीहरुसंग विविध विषयमा छलफल 2082-08-26

मिति २०८२/०८/२५ गतेका दिन GUANGZHOU CIVIL AVIATION COLLEGE चीनका प्रतिनिधी ज्यूहरु Mr. Tian Ju, Mr. He Yanbin, Mr. Bai Jiankun, Mr. Yan Zhiyuan, Mr. Ni Weiguo र Mr. Lin Weiqiang ले जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको अवलोकन गर्नुभै कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूसँग अग्निनियन्त्रणमा ड्रोन प्रविधिको सम्भाव्यता र आवश्यकता सम्बन्धी छलफल गर्नुभएको छ। GCAC प्रतिनिधिज्यूहरुले यस कार्यालयका आठ जना फायरफाइटरहरुलाई अग्निनियन्त्रणका नवीन प्रविधि र सीपसम्बन्धी आधुनिक तालीम प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। छलफलमा ड्रोनहब नेपालका प्रतिनिधिज्यूहरु, आप्सा नेपालका प्रतिनिधिज्यूहरु तथा NRFFA नेपालका अध्यक्षज्यूको समेत उपस्थिति रहेको थियो। महत्त्वपूर्ण छलफलका लागि विशेष भूमिका निर्वाह गरिदिनुहुने एनआरएफएफएका अध्यक्ष श्री मधुसूदन थापा ज्यू, ड्रोनहब नेपालका प्रोजेक्ट म्यानेजर श्री सुजित चौधरी ज्यू, आप्सा नेपालका सिईओ श्री सुशील फुयाल ज्यूलगायत सम्पूर्णमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौं।


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .