जितेन्द्र सिंहले संचालन गरेको चाचा मोडेलिङ फर्निचर सेन्टरमा दियो बत्तिबाट आगो सल्किएर भएको आगलागी नियन्त्रण
2082-07-28
मिति २०८२/०७/२६ गते राती भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निलबाराही स्थित दल माया भुइं श्रेष्ठको जग्गामा जितेन्द्र सिंहले संचालन गरेको चाचा मोडेलिङ फर्निचर सेन्टरमा दियो बत्तिबाट आगो सल्किएर आगलागी हुँदा त्यहाँ भएका प्लाई, काठ र अन्य र्याकहरु जलि नष्ट भएको र सो ठाँउमा काम गर्नेहरु सामान्य घाइते हुनुभएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगेर सो आगलागी नियन्त्रण गरि थप आगो फैलिनबाट जोगाउन सफल भएको छ।