मिति २०८३/०१/१६ गते भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ०५ कोलडाँडा स्थित कपिल थापाको भान्छा घरमा करेन्ट सर्ट भई आगलागी हुँदा त्यँहा भएका फ्रिज-१ थान, ग्याँस-१ थान, ग्याँसचुलो-१ थान, सोफा-१ सेट, भाँडाकुडा, धान, चामल लगायतका सबै खाद्यान्न जली पूर्णरुपमा क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।