ख्वप्रिङ इङ्गलिस एकेडेमी स्कुलमा भएको आगलागी नियन्त्रण
2083-02-21
मिति २०८३/०२/२१ गते राती भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ८ लिवाली स्थित ख्वप्रिङ इङ्गलिस एकेडेमी स्कुलमा रातिको समयमा करेन्ट सर्ट भई आगलागी हुँदा सो स्कुलको दुई तल्ले भवनको माथिल्लो तल्लामा रहेका डेस्कबेन्च, र्याक, दराज, फलसिलिङ्ग, फ्यान, पुस्तक सहितका सामाग्रीहरु जलि पूर्ण रुपमा क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका दुई वटा दमकलहरु प्रयोग गरी सो आगलागी नियन्त्रण गर्नुका साथै थप क्षति हुनबाट जोगाइएको छ ।