मोटरसाइकलहरु दुर्घटना रोकथामका लागि बाटो सरसफाई कार्य सम्पन्न
2082-10-15
सावधानीपूर्वक यात्रा गर्नुहुन हार्दिक अनुरोध ।
आज मिति २०८२/१०/१४ गते बिहान अचानक परेको सिमसिमे पानीले जुद्ध बारुण यन्त्र कार्यालय दुधपाटी भक्तपुर र सैनिक आवासीय महाविद्यालय अगाडीको बाटो चिप्लो भई मोटरसाइकलहरु चिप्लिएर निरन्तर दुर्घटना भैरहेपछि जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका अग्निनियन्त्रक कर्मचारीहरुद्वारा आवागमनमा सहजताका लागि बाटो सरसफाई गरिएको छ । बिस्तारै र सावधानीपूर्वक यात्रा गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध छ ।