मध्यपुर थिमि नगरपालिका वडा नं. ८ स्थित विजुली सर्ट भई आगलागी
2082-03-16
मिति २०८२/०३/१६ गते भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ८ गाखु स्थित शिव हरि कार्कीको जग्गा भाँडा लिई रोसन पाण्डेले संचालन गरेको आर.पि खाद्य उद्योगमा विजुली सर्ट भई आगलागी हुँदा दालमोट बनाउने मेसिन- ३ वटा र तारहरु जलि क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकलहरु समयमै पुगि आगलागी नियन्त्रण गर्न सफल भएको छ।