मिति २०८२/०५/०६ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय, दुधपाटी भक्तपुरमा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यू लगायत अन्य कर्मचारीहरुले प्रतिनिधिसभा सदस्य, संघीय सांसद माननीय दुर्लभ कुमार थापाज्यूको प्रमुख आतिथ्यतामा बागमती प्रदेश सरकारको नवनियुक्त संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ ज्यूलाई स्वागत, सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरियो। साथै, सोही दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको ८२ औं स्थापना दिवसको सन्दर्भमा बिहान कार्यालय परिसर सरसफाई तथा साँझ दीप प्रज्वलन सम्पन्न गरियो।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .