न्यून व्यान्डविथ Invert Color A- A A+

टहरामा करेन्ट सर्ट भई भएको आगलागी नियन्त्रण 2083-01-28

मिति २०८३/०१/२६ गते राती भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ०८ सिपाडोल स्थित सुरेश सुखुपायोले सञ्चालन गरेको महेश्वरी महाशक्ति चिम्नी ईट्टा उद्योगमा रहेको टहरामा करेन्ट सर्ट भई आगलागी हुँदा त्यँहा भएका जस्ता, टहराभित्र रहेको खाट, सिरक डसना तथा कागजपत्रहरु जलेर क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
दमकल निस्केको समयः०७:५९ pm
फर्केको समयः ०९:२३ pm
हिमाल घर्ती मगर
सूचना अधिकारी


पछिल्लो अपडेट गरिएको : 2083-02-07 11:40:54

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .