न्यून व्यान्डविथ Invert Color A- A A+

कटन इन्डस्ट्रिजमा विद्युत सर्ट भई भएको आगलागी नियन्त्रण

10 दिन अगाडी

2082-12-27


WhatsApp_Image_2026_04_10_at_1.39.03_PM.jpeg तस्बिर :

मिति २०८२/१२/२७ गते बिहान भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु कर्मीटोल स्थित बलराम उप्रेतीले सञ्चालन गरेको कटन इन्डस्ट्रिजमा विद्युत सर्ट भई आगलागी हुँदा कटिङ मेशिन ६ वटा, चाइनिज कटिङ मेशिन १ वटा, प्रेस मेसिन ३ वटा, कम्प्रेसर मेसिन १ वटा, स्टाटर ७ वटा र एमसिबि ७ वटा मेसिनरी सामाग्री लगायत तयारी कपास सेतो र कालो कपास कच्चा पदार्थहरु जलेर क्षती भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका चार वटै दमकलहरु तथा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यू लगायत सम्पूर्ण अग्निनियन्त्रक कर्मचारीहरु समयमै आगलागी स्थलमा पुगी नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, हाल यस कार्यालयमा आधारभूत अग्नि नियन्त्रण तालिममा रहनुभएका मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका नगर प्रहरीहरु तथा स्थानीयको सहयोगमा करिब ३ घण्टाको अथक प्रयासपछि बारुण यन्त्रले सो आगलागी पूर्ण रुपमा नियन्त्रण गरि थप क्षति हुनबाट जोगाउन सफल भएको छ।
पहिलो दमकल निस्केको समयः १०:१७ am
फर्केको समयः १२:४५ pm
दोस्रो दमकल निस्केको समयः १०:२७ am
फर्केको समयः १२:४० pm
तेस्रो दमकल निस्केको समयः ११:०५ am
फर्केको समयः १२:३९ pm
चौथो ब्याकअप दमकल निस्केको समयः ११:२० am
फर्केको समयः १२:४२ pm

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .