आन्तरिक पुनर्ताजगी अभ्यास (Internal Refreshment Training) सम्पन्न
2082-04-18
मिति २०८२/०४/१७ गतेका दिन कार्यालय परिसरमा ठाडो भर्याङ (Vertical Ladder) निर्माण गरि आगलागी नियन्त्रण गर्ने विधिसम्बन्धी आन्तरिक पुनर्ताजगी अभ्यास (Internal Refreshment Training) सम्पन्न गरियो। अग्नि नियन्त्रण सम्बन्धी ज्ञान र सीपमा अब्बल क्षमताको लागि निरन्तर पटकपटक पुनर्ताजगी अभ्यास गरिरहनुहुने सम्पूर्ण अग्निनियन्त्रक कर्मचारी ज्यूहरुलाई हार्दिक सम्मान एवं आभार व्यक्त गर्दछौं ।