न्यून व्यान्डविथ Invert Color A- A A+

काठमाण्डौ कामनपा-२० मरु स्थित भिमसेनस्थान ओरालोमा (काष्ठमण्डप) मोहन शाहको दुई तले कच्चि घरको पहिलो तलामा विद्युत सर्ट भएर आगालागि

6 महिना अगाडी

2082-06-19


WhatsApp_Image_2025_09_29_at_16.39.10_12488218.jpg तस्बिर :

मिति २०८२/०६/१३ गते बिहान करिब ०४:४० am बजेको समयमा जिल्ला काठमाण्डौ कामनपा-२० मरु स्थित भिमसेनस्थान ओरालोमा (काष्ठमण्डप) मोहन शाहको दुई तले कच्चि घरको पहिलो तलामा विद्युत सर्ट भएर आगालागि हुँदा उक्त आगालागिबाट सँगै रहेका अन्य तीन वटा घरहरूमा समेत आगो सल्किएर भिषण आगालागि भएकोले उक्त आगलागी नियन्त्रणको लागि का.म.न.पा. जुद्ध बारुण यन्त्र न्यूरोडबाट-२, जुद्ध बारुण यन्त्र बालाजु - १, बारुण यन्त्र रामहिटी -१, ललितपुर म.न.पा.- १, नेपाली सेनाको-२, जुद्ध बारुण यन्त्र भक्तपुरबाट-१ गरी ८ वटा दमकलका साथै नेपाल प्रहरी, रणभैरब गणबाट सेनाको टोली, सशस्त्र प्रहरी बल नं २४ गुल्म हे. क्वा र स्थानियबासीको सहयोगबाट संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिइएको । आगलागीबाट कुनै पनि मानविय क्षति नभएको तर कपडाको गोदामहरु रहेको २ बटा घरहरु पूर्ण रुपमा जलेर क्षति भएको ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल निस्केको समय: ०५:३१ am
फर्केको समय: ११:१० am
 
 
 
 
 
 
 
 
 
 
 
 
 

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .