5 महिना अगाडी
2082-07-30
तस्बिर :
अग्नि नियन्त्रण जस्तो अत्यावश्यक र संवेदनशील कार्यमा समर्पित २४ घण्टे सेवामा खटिने कर्मचारीहरु कार्यरत कार्यालयको प्रकृतिलाई ख्याल राख्दै कार्यालयको सेवाप्रवाहमा असर नपर्ने गरी ड्युटी पालोपहरालाई चुस्तदुरुस्त राख्दै हिजो मिति २०८२/०७/२९ गते शनिबारका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको अगुवाहिमा कार्यालयमै पिकनिक रमाइलो कार्यक्रम सम्पन्न गरियो। कर्मचारी परिवारको समेत उल्लेख्य सहभागी रहेको कार्यक्रममा मियुजिकल चियर, घ्याम्पो फुटाउने खेल, अग्नि नियन्त्रक कर्मचारीहरुबाट गायन प्रस्तुतका साथै नाचगान समेत गरेर विभिन्न रमाइलो प्रतियोगिता गरिएको थियो।
© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .