न्यून व्यान्डविथ Invert Color A- A A+

उत्कृष्ट अग्निनियन्त्रण सेवाप्रवाहका लागि कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूलाई NRFFA द्वारा सम्मान

3 महिना अगाडी

2082-09-08


WhatsApp_Image_2025_12_19_at_2.49.22_AM.jpeg तस्बिर :

मिति २०८२/०९/०४ गतेका दिन नेपाल उद्धार तथा अग्नि निवारण संघ (Nepal Rescue and Firefighter Association- NRFFA) को २५ औं वार्षिकोत्सव एवम् १२ औं महाधिवेशन कार्यक्रममा जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूलाई उपत्यकाको अग्निनियन्त्र जस्तो अत्यावश्यक र संवेदनशील सेवालाई नियमित अग्निनियन्त्रण क्षमता अभिवृद्धि तालिम संचालन, अग्नि निवारण एवं सुरक्षा सामाग्रीको बन्दोबस्तलगायतका गतिविधिद्वारा समग्र वारुण यन्त्रको सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाएर उत्कृष्ट कार्य गर्नुभएकोमा उहाँको महत्त्वपूर्ण योगदानको कदरस्वरुप सम्मान पत्र प्रदान गरिएको छ । यो प्रेरणादायी तथा थप मनोबल प्रदान गर्ने सम्मानको लागि नेपाल उद्धार तथा अग्नि निवारण संघ परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी समयमा पनि अग्नि नियन्त्रणको क्षेत्रमा निरन्तर सहयोग र सहकार्यको अपेक्षा राख्दछौं ।
हिमाल घर्ती मगर
सूचना अधिकारी

कार्यक्रम


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:54:29

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर .