Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
सोमबार, भाद्र ८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यक्रम

अग्नि नियन्त्रक कर्मचारीको तनाब व्यवस्थापन सम्बन्धी योगाभ्यास, कर्मचारी परिवार भेटघाट कार्यक्रम तथा सहलेखापाल श्री कृष्ण राई ज्यूलाई दाम्पत्य जीवनको बधाई तथा शुभकामना कार्यक्रम

मिति २०८१/०७/२१ गते शुक्रबारका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको आयोजना एवं लायन्स क्लब अफ काठमाडौं स्पिरिचुअलको प्राविधिक सहयोगमा कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी श्रीमान् उमेश कुमार ढकाल ज्यूको प्रमुख आतिथ्यतामा अग्नि नियन्त्रक कर्मचारीको तनाव व्यवस्थापनका लागि योग र ध्वनी चिकित्साको प्रयोग कार्यक्रम सम्पन्न गरियो। सोही कार्यक्रमको निरन्तरतामा आज नै जुद्ध बारुण यन्त्र कार्यालयका कर्मचारी परिवार भेटघाट र सहलेखापाल श्री कृष्ण राई ज्यूको दाम्पत्य जीवनको बधाई तथा शुभकामना कार्यक्रम पनि सम्पन्न गरिएको छ । तनाव व्यवस्थापनको लागि योग तथा ध्वनी चिकित्साको प्रयोग कार्यक्रमको लागि समन्वय गरी महत्वपूर्ण सहयोग गर्नुहुने योग प्रशिक्षक श्री नवराज काफ्ले ज्यूका साथै कार्यक्रममा उपस्थित भएर शोभा बढाइदिनुहुने विशेष अतिथि प्रमुख कोष नियन्त्रक श्री महेश कुमार दाहाल ज्यू, अतिथि योगगुरु डा. चिन्तामणी योगी ज्यू, अतिथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्ष श्री सुन्दर शिल्पकार ज्यू, अतिथि योग जिल्ला समन्वय समिती भक्तपुरको अध्यक्ष श्री विजेन्द्र ध्वजु ज्यू, अतिथि लायन्स क्लब अफ काठमाडौंका अध्यक्ष श्री नारायण अधिकारी ज्यू, अतिथि क्रियाशिल पत्रकार मञ्चको अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य श्री रमेश गिरी ज्यू, अतिथी नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सल्लाहकार श्री पुष्कर बुढाथोकी ज्यू, अतिथि राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य श्री पेशल आचार्य ज्यू, अतिथि पत्रकार श्री लिला श्रेष्ठ ज्यू, अतिथि पातञ्जल योग समिती नेपालका उपाध्यक्ष श्री योगप्रसाद आचार्य ज्यू, अतिथि लायन्स क्लब अफ काठमाडौंका वरिष्ठ उपाध्यक्ष श्री वैकुण्ठ पौडेल ज्यू, अतिथि लायन्स क्लब अफ काठमाडौंका कोषाध्यक्ष श्री सुमन खरेल ज्यू, अतिथि पातञ्जल योग समिती नेपालका सदस्य श्री हेमा प्रजापति ज्यू र अतिथि लायन्स क्लब अफ काठमाडौंका सदस्य श्री सन्तोष बुढाथोकी ज्यू लगायत कार्यक्रममा उपस्थित भइदिनुहुने सम्पूर्ण कर्मचारी ज्यूहरुको परिवारजनलाई कार्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं । साथै, सहलेखापाल श्री कृष्ण राई ज्यू र उहाँकी धर्मपत्नी श्री साजना राई ज्यूलाई जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर परिवारको तर्फबाट वैवाहिक जीवनको हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछौं।


पछिल्लो अपडेट गरिएको : 2083-05-04 11:33:10

© सर्वाधिकार सुरक्षित जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर