दधिकोट स्थित टहरामा बिजुली सर्ट भई भएको आगलागी नियन्त्रण ।
११ दिन अगाडी
२०८३-०४-२७
तस्बिर :
मिति २०८३/०४/२६ गते बिहान भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट स्थित लक्ष्मी राज थलाको जग्गा भाडामा लिइ बसोबास गर्दै आएका अर्चना राईको जस्ताको टहरामा बिजुली सर्ट भई आगलागी हुँदा लत्ता कपडा, भाँडा, दराज, खाट लगायत सम्पूर्ण सामानहरु जलि पूर्ण रुपमा क्षति भएको छ भने जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल समयमै पुगी आगलागी नियन्त्रण गर्न सफल भएको छ।
दमकल निस्केको समयः ०३:१० am
फर्केको समयः ०४:३१ am
हिमाल घर्ती मगर
सूचना अधिकारी
