फायरमेन सिपाही श्री मुनाल ढकालको फेरि भेटौंला एवं बिदाई कार्यक्रम सम्पन्न ।
तस्बिर :
मिति २०८३/०४/१९ गतेका दिन जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको कार्यालय प्रमुख श्री विजय प्रसाद धौभडेल ज्यूको सभाध्यक्षतामा सम्पन्न फेरि भेटौंला एवं बिदाई कार्यक्रममा यस कार्यालयमा लामो समयदेखि कार्यरत रहनुभएका फायरमेन सिपाही श्री मुनाल ढकाललाई कार्यालय प्रमुख ज्यूबाट मायाको चिनो वितरणका साथै अन्य कर्मचारीहरुले समेत शुभकामना दिनुभयो। श्री मुनाल ढकाल ज्यूलाई आगामी दिनमा थप सफलता एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुर परिवार
